Logo
१३ असोज २०८३, मंगलबार

लिङ्देनप्रति धवल शम्शेरको प्रहार-मैले काँधमा बोकेर ल्याएको, अब मैमाथि कारबाही ?

अक्षरपाटी
२०८२ असार २९ , आईतबार ०३:०७ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको नेतृत्व विवाद गहिरिँदै जाँदा महामन्त्री धवलशम्शेर राणा, पूर्वअध्यक्ष प्रकाशचन्द्र लोहनी र नेता नवराज सुवेदीको समूह निर्वाचन आयोग पुगेको छ।

अध्यक्ष राजेन्द्र लिङ्देनले फरक मत राख्ने नेताहरूलाई पेल्दै लगेको आरोप लगाउँदै राणाले भने, “मैले काँधमा बोकेर ल्याएको नेतृत्वबाट बारम्बार कारबाहीमा परें, म क्यान्सरको उपचारका लागि मुम्बईमा हुँदा समेत मलाई संगठन विभाग प्रमुखबाट हटाइयो।”

अध्यक्ष लिङ्देनले असार २५ गते नवराज सुवेदीलाई अनुशासन समिति अध्यक्ष र सगुनसुन्दर लावतीलाई प्रवक्ताबाट हटाएका थिए। अनुशासन समिति अध्यक्षमा उपाध्यक्ष रोशन कार्कीलाई मनोनीत गरिएको थियो। उक्त निर्णय विधानविपरीत भएको भन्दै असन्तुष्ट नेताहरू आयोग पुगेका हुन्।

राणाले पार्टी नफुटाउने प्रतिबद्धता जनाउँदै भने, “आन्तरिक समस्या पार्टीभित्रै मिलाउन आग्रह गर्‍यौं, तर नसुनेपछि बाध्य भएर आयोग आउनुपर्‍यो।” सुवेदीलाई पुनर्बहालीको माग गर्दै आयोगमा औपचारिक उजुरी दर्ता गरिएको पनि उनले जानकारी दिए।

धवलशम्शेर राणा राजेन्द्र लिङ्देन राष्ट्रिय प्रजातन्त्र पार्टी

ट्रेन्डिङ ( साप्ताहिक )