Logo
३० जेठ २०८३, शनिबार

मनिषा कोइरालालाई बेलायती विश्वविद्यालयको मानार्थ विद्यावारिधि

अक्षरपाटी
२०८२ असार ३२ , बुधबार ११:०७ मा प्रकाशित

काठमाडौं । अभिनेत्री मनिषा कोइरालाले बेलायतको एक विश्वविद्यालयको मानार्थ विद्यावारिधि उपाधि पाएकी छन्।

बेलायतको ब्राडफोर्ड विश्वविद्यालयले मानार्थ विद्यावारिधि उपाधि प्रदान गरेको सामाजिक संजालबाट कोइरालाले जानकारी दिएकी छन्।

उक्त सम्मान ग्रहण गर्दै गरेको भिडिओ सामाजिक सञ्जालमा सेयर गर्दै मनिषाले यहाँ परम्परागत शैक्षिक बाटो भएर होइन, जीवनमा कडा परिश्रम, असफलता, धैर्यता र सेवाबाट सिक्दै आएको व्यक्तिको रूपमा उभिएकी छु भनेकी छन्।

‘यो सम्मान मेरो लागि शब्दमा व्यक्त गर्न सकिनेभन्दा बढी अर्थपूर्ण छ। मेरो जीवनको कथालाई महत्वपूर्ण बुझिदिनु भएकोमा यूनिभर्सिटि अफ ब्राडफोर्डलाई धन्यवाद’, उनले भनेकी छन्।

क्यान्सरले जितेकी कोइरालाका लागि यो गर्व गर्नलायक क्षण रहेको हो। जीवनको परिश्रम, असफलता र धैर्यता सिकाइको मूल स्रोतको रुपमा हुने उनले उल्लेख गरेकी छन्।

मनिषा कोइराला