Logo
२६ साउन २०८३, मंगलबार

आर्थिक वर्षको पहिलो दिन सेयर बजारमा उछाल

अक्षरपाटी
२०८२ साउन १ , बिहीबार ०४:०७ मा प्रकाशित

काठमाडौं। बिहीबार नयाँ आर्थिक वर्षको पहिलो दिन। यो दिन सेयर बजारमा गत भदौ यताकै धेरै कारोबार भएको छ।

आज एकै दिन १६ अर्ब ५९ करोडको कारोबार भएको छ। सेयर बजारमा यो उत्साहकजनक कारोबार हो।

नयाँ आर्थिक वर्ष २०८२र८३को पहिलो दिन सेयर बजारमा भएको यो कारोबार गत भदौ यताकै उच्च हो।

यसअघि २०८१ भदौ ११ मा कुल १८ अर्ब ४६ करोड रुपैयाँको कारोबार भएको थियो।

बिहीबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७९.८२ अंक ले बढेर २८७४.६० बिन्दुमा रोकिएको छ।

बुधबार नेप्से ३४.६१ अंकले र मंगलबार ३४.४६ अंकले बढेको थियो।

आज कारोबार भएकामध्ये २३९ कम्पनीको सेयर मूल्य बढेको छ भने नौ कम्पनीको घटेको छ।

उच्च काराेबार नेप्से सेयर बजार

ट्रेन्डिङ ( साप्ताहिक )