Logo
१२ साउन २०८३, मंगलबार

नदीमा डुबेर सहोदर दाजुभाइको निधन

अक्षरपाटी
२०८२ साउन २ , शुक्रबार १२:०७ मा प्रकाशित

धनगढी । कैलालीमा नदीमा डुबेर दुई युवाको मृत्यु भएको छ।

कैलालीको गौरीगंगा नदीमा डुबेर सहोदर दाजुभाइको मृत्यु भएको हो।

मृत्यु हुनेमा गौरीगंगा नगरपालिका ११ ऐठामा बस्ने लालु धामीका दुई छोरा भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा २५ वर्षिय उमेश धामी र २० वर्षिय प्रकाश धामी रहेका छन्।

उनीहरुको लिक्मा नदीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय मसुरियाले जनाएको छ।

प्रहरीले बिहीबार दिउँसो ३ बजे उनीहरुको उद्धार गरेर सेती प्रादेशिक अस्पताल पु¥याएको थियो।

चिकित्सकले दुवैलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

कैलाली डुबेर मृत्यु

ट्रेन्डिङ ( साप्ताहिक )