Logo
२२ असार २०८३, सोमबार

सिनेमा ‘क्याप्टेन साब’को छायांकन सुरु

अक्षरपाटी
२०८२ साउन ११ , आईतबार ०८:०७ मा प्रकाशित

काठमाडौं। चलचित्र ‘क्याप्टेन साब’को छायांकन सुरु भएको छ। ‘क्याप्टेन साब’को ढुंखर्क, बेथानचोक काभ्रेपलाञ्चोबाट छायांकन सुरु भएको हो।

असार २६ गते गौरीघाटमा ‘क्याप्टेन साब’को शुभमुहूर्त गरिएको थियो। कृष्णबहादुर थापा छायाकार रहेको चलचित्रको छायांकन काठमाडौंसँगै चितवन, काभ्रे र वीरगञ्जमा हुनेछ।

दीपेन्द्र के खनालले निर्देशन गर्ने चलचित्र ‘क्याप्टेन साब’ क्याप्टेन रामेश्वर थापाको बायोपिक हो। पाइलटसमेत रहेका रामेश्वर व्यवसायी तथा सञ्चार उद्यमी हुन्।

यस चलचित्रमा अभिनेता खगेन्द्र लामिछाने, अभिनेत्री सुरक्षा पन्त र सञ्जोग रसाइली मुख्य भूमिकामा छन् ।

यार्सा स्टुडियोसँगै रिच इन्टरटेन्मेन्ट पनि जोडिएको यो चलचित्रमा निर्मातामा निर्देशक दीपेन्द्र स्वयंसँगै करण श्रेष्ठ र श्रृष्टिमा खनाल छन् । कार्यकारी निर्मातामा सिर्जना नापित छिन् ।

क्याप्टेन साब चलचित्र