

काठमाडौं। आजबा ४ दिने ‘नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव–२०२६’ आयोजना हुने भएको छ।
महोत्सवको १४ औँ संस्करणमा यसपटक नेपालसहित २० देशका ४३ वटा चलचित्र छनौट भएका छन्।
चलचित्र विकास बोर्ड काठमाडौंमा आयोजना हुने महोत्सवमा नेपाली समूहमा करिब चार दर्जन भन्दा बढी चलचित्र, वृत्तचित्र एवम् लघु चलचित्रबाट २० वटा चयन गरिएको महोत्सव निर्देशन डब्बु क्षत्रीले बताए।
कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेसन, विलक्षण क्रियसन प्रालिको आयोजना र चलचित्र विकास बोर्डको सहकार्यमा यो महोत्सव आयोजना हुँदैछ।
कलेजकी प्रिन्सिपल एवम् महोत्सवकी अध्यक्ष डा मञ्जु मिश्रका अनुसार यो पटक महोत्सवमा चलचित्र प्रदर्शनसँगै अन्तरक्रिया, नृत्य कार्यशाला, कला प्रदर्शनी, मास्टर क्लास पनि सञ्चालन गरिँदैछ।
महोत्सवमा नेपाली कथानक चलचित्र तर्फ १३ वटा चलचित्रबाट पाँच नेपाली चलचित्र फाईनललाई चयन भएका छन्।
जसमा ओस्कारमा जान सफल मिलन चाम्स निर्देशित चलचित्र ‘अञ्जिला’, निर्देशक सरोज पौडेलको चलचित्र ‘कोशेढुँगा’, निर्देशक ऋषी लामिछानेको चलचित्र ‘माग्ने राजा’, निर्देशक दीपक प्रसाद आचार्यको यो वर्षकै सर्वाधिक सफल चलचित्र ‘परान’ र निर्देशक नर प्रधान ९मित्र०को चलचित्र ‘यो मन त मेरो नेपाली हो’ चयन भएको छ।
यस्तै वृत्तचित्र तर्फ भिम लाल श्रेष्ठ निर्देशित ‘अरिंगाल म्यान’, रमेश खड्का निर्देशित ‘डान्सिङ इन फायर’ र निशा मानन्धर निर्देशित ‘अ बडी नट माइन्ड’ चयन भएका छन्।
खुला र विद्यार्थी समुह गरेर १० वटा लघु चलचित्र प्रदर्शन गरिँदै छ। जसमा विद्यार्थी तर्फ विनोद पाण्डे निर्देशित ‘अ कलर फुल नाइट’, प्रसन्न माली निर्देशित ‘अन्त वार्ता’, समीर राई निर्देशित ‘पेज फाईव’ र अश्विनी थापाको ‘ इकोज अफ होप’ रहेको छ।
यस्तै खुला लघु चलचित्र तर्फ सौगात विष्ट निर्देशित ‘भुवा’, रुशिल अमात्य निर्देशित ‘मौनता’, कमल एक्चै मगर निर्देशित ‘अवशेष’, गोविन्द प्रसाद ढकाल निर्देशित ‘साईलेन्ट स्कार्ड’ र मोहन श्रेष्ठ निर्देशित ‘दृश्य’ महोत्सवमा प्रदर्शन गरिँदैछ। ५ वटा चयन भएका छन्।
आदिवासी तर्फ सागर केरुङ निर्देशित ‘तान्सिङ’, दिलिप फुरुम्बो निर्देशित नाम ओती र सेमक्वा गरी तीन चलचित्र प्रतिस्पर्धामा रहेको छ।
नेपाल बाहेक अफ्रिकी र अन्तर्राष्ट्रिय समूहबाट १९ देशका २३ वटा लामा छोटा चलचित्रहरू यो महोत्सवका लागि चयन गरिएको छ।
यो वर्ष अन्तर्राष्ट्रिय तर्फ यस पटक ४० भन्दा बढी मुलुकका करिब ९० वटा चलचित्रको आवेदन परेकोमा अन्तर्राष्ट्रिय विधा तर्फ लघु चलचित्रको प्रतिस्पर्धामा १५ वटा लघु चलचित्र चयन भएका छन्।
चलचित्र



