Logo
२३ असार २०८३, मंगलबार

आज नागपञ्चमी, नागको पूजा गरी मनाइँदै

अक्षरपाटी
२०८२ साउन १३ , मंगलबार ०८:०७ मा प्रकाशित

काठमाडौं। आज नागपञ्चमी पर्व। हरेक वर्ष श्रावण शुल्क पञ्चमीको दिन मनाइने यो पर्वमा आज नागको पूजा गरी मनाइँदै छ।

नागको चित्र घरको मूल ढोकामा टाँसेर परम्पराअनुसार पूजा गर्दा घरमा नाग, सर्प, बिच्छीलगायत जीवले दुःख नदिने विश्वास छ।

आजको दिन विधिवत पूजा गरे अग्नी, वर्षा र चट्याङबाट समेत जोगिन सकिने विश्वास छ।

आजको दिन घरमा नागका चित्र टाँसेपछि खेतबारीमा खनजोत गर्न हुँदैन र नाग, सर्प लगायतका घस्रने जनावरलाई मार्नु हुँदैन भन्ने मान्यता छ ।

नागका बाह्र नाम भए पनि आज अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख गरी आठ नागका चित्र वा प्रतिमालाई ब्राह्मण पुरोहितबाट पूजाआजा गरी घरको ढोकामाथि टाँसिन्छ ।

आज काठमाडौंको नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरीलगायत देशभरका नागदह, कुण्ड र नाग स्थानमा पूजा गर्नेहरुको घुइँचो छ ।

नागको पूजा गरी गाईको दूध, अक्षता, दुबो, खीर, रोटीलगायतका परिकार प्रसादको रुपमा चढाउने र खाने गरिन्छ।

नागकाे पूजा नागपञ्चमी