Logo
३ भदौ २०८३, बुधबार

बर्दियाका २९ भूमिहीनको हातमा जग्गाको लालपूर्जा

अक्षरपाटी
२०८३ असार १८ , बिहीबार १०:०७ मा प्रकाशित

काठमाडौं। सरकारले बर्दियाबाट जग्गाधनी प्रमाणपूर्जा (लालपूर्जा) वितरण सुरु गरेको छ।

बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका ४ का २९ जना भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासी परिवारलाई लालपूर्जा वितरण गरिएको हो ।

लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले लालपूर्जा प्राप्त गरेपछि उनीहरू कानुनी रूपमा जग्गाधनी बनेका छन्। यससँगै अब स्थानीयले बैंकिङ सेवा, ऋण सुविधा तथा अन्य सरकारी सेवासमेत सहज रूपमा लिन सक्नेछन्।

भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या दीर्घकालीन रूपमा समाधान गर्दै उनीहरूलाई कानुनी रूपमा जग्गाधनी बनाउने सरकारको लक्ष्यअनुसार लालपूर्जा वितरणलाई थप प्रभावकारी रूपमा अघि बढाइने भूमि व्यवस्था, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले बताइन्।

भूमन्त्री रावलले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई सरकारले उच्च प्राथमिकतामा राखेको जानकारी दिइन्।

मन्त्री रावलले बर्दियाबाट सुरु भएको लालपूर्जा वितरणलाई क्रमशः देशभर विस्तार गर्दै वास्तविक भूमिहीन नागरिकलाई जग्गाको कानुनी स्वामित्व दिलाइने बताइन्।

मन्त्री प्रतिभा रावल लालपूर्जा वितरण