Logo
३ भदौ २०८२, मंगलबार

सरसफाइ गर्न ब्राइटवे स्कुलका सानासाना नानी सडकमा

अक्षरपाटी
२०८२ साउन ३० , शुक्रबार १०:०८ मा प्रकाशित

पञ्चकोटी, भवानी र एरिष्टाे स्कुलका विद्यार्थी पनि सरसफाइमा

धनगढी । शिक्षा मात्रै होइन, सामाजिक व्यवहार र सँस्कार पनि सिकाउने उद्देश्यले धनगढीस्थित ब्राइटवे पब्लिक स्कुलका विद्यार्थीलाई सडक सरसफाइमा सरिक गराइएको छ।

‘हाम्रो धनगढी, सफा धनगढी, हाम्रो धनगढी हामी बनाउँछौं’ भन्ने नारालाई सघाउँदै विद्यार्थीहरुले धनगढी ५, हसनपुरमा विशेष सरसफाइ कार्यक्रम सम्पन्न गरेका हुन्।

हरेक शुक्रबार शिक्षासँग सँस्कार सिकाउने उद्देश्यले विद्यालयले विद्यार्थीहरुलाई सरसफाइमा सरिक गराउँदै आएको हो।

विद्यालय सरसफाइ समितिको आयोजनामा आज शुक्रबार सम्पन्न कार्यक्रममा संयोजक शिक्षक गणेश देउवाको नेतृत्वमा शिक्षक र विद्यार्थीको सक्रिय सहभागिता रहेको थियो।

सरसफाइ गर्दै ब्राइटवे पब्लिक स्कुलका विद्यार्थी

‘आफ्नो टोल आफै सफा बनाउने’ लक्ष्यसहित प्रत्येक शुक्रबार सरसफाई मात्र होइन विद्यार्थीले विद्यालयमा वृक्षारोपण समेत गरेका छन्।

यसले पर्यावरण सफा राख्न र हराभरा बनाउन समेत मद्दत पुग्ने विश्वास गरिएको छ।

आज विद्यार्थीले विद्यालय परिसर र आसपासको एक किलोमिटर क्षेत्र सरसफाइ गरेका छन्।

सरसफाइ अभियानमा तीन जना शिक्षक र ४८ जना विद्यार्थी सरिक भएका थिए।

कार्यक्रमले विद्यार्थीलाई सरसफाइको महत्व, वातावरण संरक्षण गर्नुपर्ने ज्ञानको विकास र सामुदायिक दायित्वप्रति जागरुक गराएको संयोजक शिक्षक देउवाले बताए।

सरसफाइ गर्दै ब्राइटवे पब्लिक स्कुलका विद्यार्थी
सरसफाइ गर्दै ब्राइटवे पब्लिक स्कुलका विद्यार्थी

आजै धनगढी ६ स्थित पञ्चकोटीका विद्यार्थीले पनि सरसफाइ तथा फूलका बिरुवा रोपेका छन्।

‘हाम्रो धनगढी सफा धनगढी, हाम्रो धनगढी, हामी बनाउँछौँ’ भन्ने अभियानलाई साथ दिँदै विद्यार्थी र शिक्षकको उपस्थितिमा सरसफाइ गर्दै फूल रोपेका हुन्।

धनगढी ६ स्थित पञ्चकोटीका विद्यार्थी फूल रोप्दै
धनगढी ६ स्थित पञ्चकोटीका विद्यार्थी फूल रोप्दै

आजै धनगढी उप- महानगरपालिका ९ को शैलेश्वरी प्राङ्गणमा मन्दिर व्यवस्थापन समिती र भवानी माविकाे आयोजना सरसफाई कार्यक्रम सम्पन्न गरिएको थियो ।

शैलेश्वरी प्राङ्गणमा सरसफाइ गर्दै भवानी माविका विद्यार्थी

आजै एरिष्टो इङलिस बोर्डिङ स्कुलमा कक्षा ७ मा अध्ययनरत विद्यार्थीले नियमित सरसफाइ कार्यक्रम अन्तर्गत राधाकृष्ण मन्दिरमा विशेष सरसफाइ गरेका छन्।

भोलि पर्न गएको श्रीकृष्ण जन्माष्टमीका लागि पूर्वतयारीका लागि उनीहरु सरसफाइपछि पतंगा लगाएर मन्दिर समेत सिंगारेका थिए।

सरसफाइ गर्दै एरिष्टो इङलिस बोर्डिङ स्कुलका विद्यार्थी
सरसफाइ गर्दै एरिष्टो इङलिस बोर्डिङ स्कुलका विद्यार्थी

ब्राइटवे पब्लिक स्कुल सरसफाइ