Logo
२६ साउन २०८२, सोमबार

नाइमा नेपाल मोबिलिटी एक्स्पो ‘टोयोटा मेगा अफर’

अक्षरपाटी
२०८२ साउन २० , मंगलबार ०५:०८ मा प्रकाशित

काठमाडौं। नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ को अवसरमा टोयोटाको आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्स सिन्डीकेटले विशेष अफर सार्वजनिक गरेको छ।

साउन २१ देखि साउन २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने एक्स्पोमा सहभागी हुँदा कम्पनीले ‘टोयोटा मेगा अफर’ अन्तर्गत आकर्षक सुविधा सार्वजनिक गरेको हो।

एक्सपोमा टोयोटाका तीन लोकप्रिय मोडलहरू ‘यारिस क्रस हाइब्रिड इलेक्ट्रिक’, ‘ल्यान्ड क्रुसर २५०’ लगायत सवारीहरू प्रदर्शनमा राखिनेछन्।

एक्सपो अवधिभर टोयोटा गाडी बुक गर्ने ग्राहकले भारी छूट, टोयोटा प्ल्याटिनम कार्ड, जीवनभर निःशुल्क पिकअप तथा ड्रप सेवालगायत सुविधा पाउने आयोजकले जानकारी दिएको छ।

त्यसैगरी टोयोटाको स्टलमा आउने हरेक आगन्तुकले आकर्षक गिफ्ट ह्याम्परसमेत प्राप्त गर्नेछन्।

यो अफर एक्स्पो अवधिभर बुकिङ गर्ने ग्राहकका लागि मात्र लागू हुने जनाइएको छ।

नाइमा नेपाल मोबिलिटी एक्स्पो