Logo
२६ साउन २०८३, मंगलबार

भृकुटीमण्डपमा ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ सुरु

अक्षरपाटी
२०८२ साउन २१ , बुधबार १२:०८ मा प्रकाशित

काठमाडौं। काठमाडौंको भृकुटीमण्डपमा ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ सुरु भएको छ।

बुधबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले एक्स्पोको उद्घाटन गरेका हुन्। नेपाल अटोमोबाइल इम्पोटर्स एन्ड म्यानुफ्याक्चरर्स (नाइमा)ले आयोजना गरेको एक्सपोमा ४८ वटा स्टल राखिएका छन्।

कुल २१ ब्राण्डका कार, १८ ब्राण्डका दुईपांग्रे र ८ वटा ब्रान्ड व्यावसायिक सवारी एक्सपोमा छन्।

उद्घाटनको क्रममा अर्थमन्त्री पौडेलले नाइमाले आयोजना गरेको एक्सपोले अटोमोबाइल क्षेत्रलाई फाइदा पुग्ने बताए। स्थापनाको वर्ष नै राम्रो शो आयोजना गर्दै नाइमाले आफ्नो औचित्य पुष्टि गरेको उनको भनाइ थियो।

‘सरकारले नीतिगत स्थिरताका लागि अटोमोबाइलमा कर नबढाइएको हो,’ उनले भने, ‘व्यवसायीको मनोबल बढाउन सरकारले नीतिगत स्थिरता कायम राख्न चाहेको छ।’

नाडाबाट छुट्टिएर हालै स्थापना भएको नाइमाले यो एक्सपो पहिलोपटक गरेको हो।

नाइमा नेपाल मोबिलिटी एक्स्पो नेपाल अटोमोबाइल इम्पोटर्स एन्ड म्यानुफ्याक्चरर्स

ट्रेन्डिङ ( साप्ताहिक )