Logo
२८ वैशाख २०८३, सोमबार

गायक पशुपति शर्मा सवार कार दुर्घटना

अक्षरपाटी
२०८२ साउन २१ , बुधबार ०४:०८ मा प्रकाशित

काठमाडौँ । गायक पशुपति शर्मा सवार कार दुर्घटनामा परेको छ। पोखराबाट वालिङ जाँदै गरेको ग १ च ४१७१ नम्बरको कार सिद्दार्थ राजमार्गअन्तर्गत स्याङ्जाको भीरकोट नगरपालिका-२ मा कल्भर्टमा ठोक्किएर दुर्घटना भएको हो।

बुधबार दिउँसो भएको दुर्घटनामा चार जना घाइते भएका छन्। गायक शर्माको देब्रे हातमा चोट लागेको छ। कारमा सवार अन्य पनि सामान्य घाइते रहेको प्रहरीले जानकारी दिएको छ।

‘गाडीको अगाडि भागमा क्षति पुगेको छ। उहाँहरू अहिले कार्यक्रमका लागि गइसक्नु भयो’ एसपी दधिराम न्यौपानेले जानकारी दिए।

पशुपति शर्मा

ट्रेन्डिङ ( साप्ताहिक )

गजल