Logo
४ भदौ २०८२, बुधबार

कोशी, बागमति र गण्डकीका केही स्थानमा भारी वर्षाको सम्भावना

अक्षरपाटी
२०८२ साउन २२ , बिहीबार ०९:०८ मा प्रकाशित

काठमाडौं। आज बिहीबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना छ।

जल तथा मौसम विज्ञान विभागले आज बिहानै मौसमसम्बन्धी बुलेटिन जारी गर्दै ३ प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको जानकारी गराएको हो।

विभागका अनुसार कोशी, बागमति र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा आज दिउँसो भारी वर्षाको सम्भावना रहेको हो।

त्यस्तै कोशी र लुम्बिनीका पहाडी तथा तराईका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको पनि विभागले जानकारी दिएको छ।

माैसम पूर्वानुमान महाशाखा वर्षा