Logo
२० जेठ २०८३, बुधबार

मदिरा पिउँदा कुवेतमा नौ जना नेपालीको मृत्यु

अक्षरपाटी
२०८२ साउन ३० , शुक्रबार ०२:०८ मा प्रकाशित

एजेन्सी। कुवेतमा तीन दिनको बीचमा नौ जना नेपालीको मृत्यु भएको छ।

उनीहरुले विषाक्त मदिरा पिएका कारण मृत्यु भएको त्यहाँ अस्पतालहरुले नेपाली राजदूतावासलाई जानकारी गराएको दूतावासले जनाएको छ।

अहिले पनि केही उपचारका क्रममा रहेको र केही भने अस्पतालबाट डिस्चार्ज भएको बताइएको छ।

यद्यपि मेडिकल रिपोर्ट नआउँदासम्म मृत्युको कारण यकिन गरेर भन्न नसकिने राजदूतावासले जनाएको छ।

मेथानोल मदिराका कारण बिरामीहरू धमाधम अस्पताल भर्ना हुने क्रम बढेको कुवेतस्थित स्वास्थ्य मन्त्रालयले उल्लेख गरेको छ ।

नेपाली ९ सहित अन्य एसियाली मुलुकका २३ जनाको मृत्यु भइसकेको र १६० जनाभन्दा बढी उपचारका क्रममा रहेको स्वास्थ्य मन्त्रालयले तथ्यांक सार्वजनिक गरेको छ ।

कुवेत नेपाली