Logo
३० भदौ २०८३, मंगलबार

प्रतिनिधि सभाको बैठक आज, प्रधानमन्त्रीले सांसदले साेधेका प्रश्नको जवाफ दिने

अक्षरपाटी
२०८२ भदौ ४ , बुधबार ०८:०८ मा प्रकाशित

काठमाडौं । संघीय संसद अन्तर्गत आज प्रतिनिधि सभाको बैठक दिउँसाे १ बजे बस्ने भएको छ।

आजकाे बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदले सोधेका प्रश्नको जवाफ दिने कार्यसूची छ।

यस्तै, आजको बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवल किशोर साह सुडीले ‘बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

यसैगरी, ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ।

प्रतिनिधि सभा सांसद