Logo
१६ भदौ २०८३, मंगलबार

मृत्युपछिको सम्पत्तिमा लाग्ने कर फेरि ब्युँत्याउँदै अष्ट्रेलिया

अक्षरपाटी
२०८२ भदौ ४ , बुधबार ०९:०८ मा प्रकाशित

एजेन्सी। व्यक्तिको मृत्युपछि उसको सम्पत्तिमा लगाइने कर अष्ट्रेलियाले ४६ वर्ष पछि ब्युँत्याउन लागेको छ। यो कर व्यक्तिको शेषपछि सम्पत्ति पाउने व्यक्तिले तिर्नुपर्ने हुन्छ।

४६ वर्षअघि खारेज गरिएको ‘डेथ ट्याक्स’ अर्थात मृत्यु कर पुनः ल्याउने तयारी गरिरहेको छ।

अष्ट्रेलियाली विज्ञहरूले यसले देशभित्रको असमानता कम गर्न मद्दत गर्ने जिकिर गरेका छन् भने धेरैले यसको बिरोध जनाएका छन्।

बिरोध गर्नेहरुको भनाइ छ- यो करका कारण व्यवसाय छोडेका वा धेरथोर सम्पत्ति बाँडेका परिवार प्रभावित हुनसक्नेछन्।

अष्ट्रेलियामा सन् १९७९ मा सबै प्रकारका मृत्यु कर वा उत्तराधिकार कर अर्थात् ‘इनहेरिटेन्स ट्याक्स’ हटाइएका थिए, तर अहिले फेरि यो कानुन ल्याउन माग भइरहेको हो।

यो कानुन ब्युँताइएमा अष्ट्रेलियाले करिब ७० अर्ब डलर कर राजस्व उठाउने लक्ष्य राखेको छ।

अष्ट्रेलिया इन्स्टिच्युटको एक रिपोर्टअनुसार, यदि यो कर पुनः लागू गरियो भने करिब १० अर्ब डलर उठाउन सकिनेछ।

यसले पुस्तागत असमानता कम गर्ने विश्वास पक्षधरहरुको छ।

अष्ट्रेलिया मृत्यु कर

ट्रेन्डिङ ( साप्ताहिक )