Logo
२३ साउन २०८३, शनिबार

एनआईसी बैंकका ग्राहकलाई माउन्टेन भिस्टामा १० प्रतिशत छुट

अक्षरपाटी
२०८२ भदौ १८ , बुधबार ०८:०९ मा प्रकाशित

काठमाडौं। एनआईसी एशिया बैंकका ग्राहकलाई माउन्टेन भिस्टा रिट्रिटमा सेवा लिँदा विशेष छुट सम्झौता भएको छ।

होटल र बैंकबीच १० प्रतिशत सम्झौता सम्पन्न भएको हो। यस समझदारीअनुसार बैंकका ग्राहकले नगरकोटमा रहेको माउन्टेन भिस्टा रिट्रिटमा सेवा लिई डिजिटल भुक्तानी गरेमा १० प्रतिशत छुट प्राप्त गर्ने बैंकले जनाएका छन्।

बैंकका ग्राहकले सो होटलमा कुनै पनि सेवा लिँदा उक्त छुट प्राप्त गर्न सक्ने सम्झौतामा उल्लेख छ।

छुट सुविधा पाउन भने ग्राहकले एनआईसी बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एप मार्फत भुक्तानी गर्नुपर्ने छ।

एनआईसी एशिया बैंक