Logo
२४ फागुन २०८२, आईतबार

एनआईसी एशियाका ग्राहकलाई धनगढीकाे स्वस्तिक कार्डियोमा १५ प्रतिशत छुट

अक्षरपाटी
२०८२ भदौ १९ , बिहीबार ०९:०९ मा प्रकाशित

धनगढी । एनआईसी एशिया बैंकका ग्राहकलाई स्वास्थ्य उपचार गर्दा स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलमा विशेष छुट उपलब्ध गराउनेबारे सम्झाैता भएकाे छ।

हस्पिटल र बैंकबीच सम्झौता बिहीबार साे सम्झाैता भएकाे हाे। सम्झाैताअनुसार बैंकका ग्राहकले धनगढी, कैलालीमा रहेको उक्त हस्पिटलमा स्वास्थ्य उपचार गरी डिजिटल भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट पाउने बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी अर्जुन राज खनियाले बताए।

हस्पिटलमा जनर्ल बेड, अस्पताल भर्ना, क्याबिन भर्ना, आईसीयू बेड, जनरल सर्जरी, भेन्टिलेटरलगायत गाइनाेलजी, ल्याप्रस्काेपी, एक्सरे, भिडियाे एक्सरेलगायतमा छुट सुविधा पाउने खनियाले बताए।

यस सुविधाको उपयोग गर्न ग्राहकले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एप मार्फत भुक्तानी गर्नुपर्ने छ।

हस्पिटलसँगको यस सहकार्यले ग्राहकलाई स्वास्थ्य उपचारमा सहयोग पुग्ने र मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रर्वर्द्धन गर्दै नगदरहित काराेबारमा सहयाेग पुग्ने बैंककाे विश्वास छ।

एनआईसी एशिया बैंक