Logo
३१ साउन २०८३, आईतबार

जेन जी आन्दोलनकारी संसद भवनभित्र प्रवेश

अक्षरपाटी
२०८२ भदौ २३ , सोमबार १२:०९ मा प्रकाशित

काठमाडौं । सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध प्रदर्शनमा उत्रिएका जेनजी पुस्ता संसद् भवनभित्र छिरेका छन्। 

सोमबार प्रदर्शनमा उत्रिएका जेनजीहरूले प्रहरीको घेरा तोड्दै संघीय संसद् भवनभित्र प्रवेश गरेका हुन्। 

उनीहरू गेटबाट माथि चढेर संसद् भवनभित्र प्रवेश गरेका थिए।

हाल बन्द गरिएका सामाजिक सञ्जालको सुचारु र भ्रष्टाचारको अन्त्यको माग गर्दै जेनजी पुस्ताका युवाको सागर काठमाडौँ लगायत देशभर उर्लिएको छ।