Logo
२६ भदौ २०८२, बिहीबार

राष्ट्रपति, सेना र जेनजीबीच आज वार्ता, सम्भवत: कार्की आजै अन्तरिम प्रधानमन्त्री बन्ने

अक्षरपाटी
२०८२ भदौ २६ , बिहीबार ११:०९ मा प्रकाशित

काठमाडौं । अन्तरिम सरकार गठन र त्यसको नेतृत्वका लागि आज नेपाली सेनाको समन्वयमा राष्ट्रपति रामचन्द्र पौडेल र जेनजी युवा प्रतिनिधिहरूबीच छलफल हुने भएको छ।

जेन जी प्रतिनिधिहरुले अन्तरिम सरकारको नयाँ प्रधानमन्त्रीमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाम टुंगो लगाइसकेकाले त्यसलाई औपचारिकता दिन आज छलफल हुँनलागेको बुझिएको छ।

पूर्वप्रधानन्यायाधीर सुशीला कार्की निकट स्रोतका अनुसार सेनासँग पहिला वार्ता हुने अनि त्यसबाट विकसित परिस्थिति अनुसार राष्ट्रपतिसँग वार्ता हुनेछ।

राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानन्यायाधीश अशोकराज सिग्देलले जेनजी प्रतिनिधिहरुसँग बिहीबार बिहानदेखि छलफल गरेर निकास निकाल्ने तयारी गरेकाले सम्भवत निर्णायक वार्ता हुने छ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पनि शुसिला कार्कीको नाममा सहमति जनाएकाले उनी जेन जीको एक्लो उम्मेदवारको रुपमा देखिएकी छन्।

काँग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले संविधानभित्रबाटै अहिलेको विसम परिस्थितिको निकास निकाल्न सुझाव दिँदै त्यसो नभए अर्को आन्दोललनको आँधिबेहरी आउने चेतावनी दिइसकेका छन्।

अन्तरिम सरकार् सुशीला कार्की