काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल रातभर छलफलमा जुटे।
अहिले बिहान नौ बजेबाट अन्तरिम सरकारका लागि छलफल पुनः जारी राख्ने भनिए पनि केही समयलाई धकेलिएको बुझिएको छ।
अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्ति प्रक्रियाबारे राष्ट्रपति निवासमा आज बिहानलाई तय भएको छलफल कार्यक्रम केही घण्टाका लागि सरेको हो।
स्रोतका अनुसार वार्तामा रहेकाहरुले आ–आफ्नो पक्षमा आन्तरिक छलफल गर्नुपर्ने भएकाले केही घण्टाका लागि समय सारिएको बताइएको छ।
दलहरुले संसद विघटन नगरी नयाँ प्रधानमन्त्री तय गर्नुपर्ने विचार राखेका छन्। आन्दोलनरत पक्ष जेनजीले संसद विघटनको पक्षमा छ।
संविधान अनुसार संसदको सदस्य नभएको व्यक्ति प्रधानमन्त्री हुन नसक्ने व्यवस्था छ। तर आवश्यकताको सिद्धान्तअनुसार नियुक्ति प्रक्रिया अगाडि बढाउने सुझाव समेत आएको छ।
रामचन्द्र पाैडेल सुशीला कार्की