Logo
२७ भदौ २०८२, शुक्रबार

शीतल निवासमा नवनियुक्त प्रधानमन्त्री कार्कीले गरिन सपथग्रहण

अक्षरपाटी
२०८२ भदौ २७ , शुक्रबार ०९:०९ मा प्रकाशित

काठमाडौं। शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले अन्तरिम सरकारको प्रधानमन्त्रीमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई सपथग्रहण गराएका छन्।

निडर, निस्कलंक र हक्की स्वभावकी उनले नेपालको पहिलो महिला प्रधानमन्त्रीको इतिहास रचेकी छिन्।

राष्ट्रपति पौडेलले ६ महिनाभित्र प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने गरी कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन्।

सपथग्रहण समारोहमा, उपराष्ट्रपति रामसहाय यादव, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, प्रधानसेनापति,  सुरक्षा नियकायका उच्च अधिकारी, उच्चपदस्थ कर्मचारी, कुटनीतिक नियाेगका उच्च अधिकारी, जेनजीका प्रतिनिधिहरु, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलगायत राजनीतिक दलका प्रतिनिधिहरु सहभागी थिए।

सुशीला कार्की