Logo
३ असोज २०८३, शनिबार

एनआईसीका ग्राहकलाई लन्डन ब्रिज गार्डेनमा १० प्रतिशत छुट

अक्षरपाटी
२०८२ असोज ७ , मंगलबार ०१:०९ मा प्रकाशित

काठमाडौं। एनआईसी एशिया बैंकका ग्राहकलाई नवलपरासीमा रहेको लन्डन ब्रिज गार्डेन रिसोर्ट विशेष छुट हुने भएको छ।

छुट सम्बन्धि सम्झौतामा बैंक र रिसोर्टबीच हस्ताक्षर भएको छ। समझदारीअनुसार बैंकका ग्राहकले बर्दघाट, नवलपरासीमा रहेको रिसोर्टमा सेवा लिई डिजिटल भुक्तानी गरेमा १० प्रतिशत छुट हुने छ।

सुविधा पाउन भने ग्राहकले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्ने छ ।

एनआईसी एशिया बैंक

ट्रेन्डिङ ( साप्ताहिक )