Logo
१९ कात्तिक २०८२, बुधबार

तेघरीमा बसको ठक्करबाट जेष्ठ नागरिकको मृत्यु, शव ६ घण्टादेखि सडकमै

अक्षरपाटी
२०८२ कात्तिक १९ , बुधबार १२:११ मा प्रकाशित

धनगढी। कैलालीको गोदावरी नगरपालिका–२ तेघरीमा बसको ठक्करबाट एक जेष्ठ नागरिकको मृत्यु भएको छ ।

बुधबार बिहान करिब ६ बजे दिपायलबाट अत्तरियातर्फ आउँदै गरेको ना ५ ख ५२५ नम्बरको रात्री बसले ठक्कर दिँदा ८२ वर्षीया स्थानीय दिलमाया शिरिषको घटनास्थलमै मृत्यु भएको हो ।

मृतकको शव ६ घण्टादेखि सडकमै रहेको हुँदा चारपाङ्ग्रे सवारीसाधन आवागमन अवरुद्ध बनेको छ । साना सवारी साधन भने आंशिक रूपमा सञ्चालनमा रहेको प्रहरीले जनाएको छ ।

ठक्कर दिने बसका चालक गोदावरी–१ का ५२ वर्षीय टेकराज भण्डारीलाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको छ ।

घटनापछि उत्पन्न परिस्थितिलाई नियन्त्रणमा लिन प्रहरीले प्रयास गरिरहेको र दुवै पक्षबीच छलफल चलिरहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

ट्रेन्डिङ ( साप्ताहिक )