

काठमाडौं। राष्ट्रिय दिवस तथा अन्तर्राष्ट्रिय आप्रवासन दिवसका अवसरमा कतार सरकारले १३ जना नेपालीलाई आम माफी दिएको छ।
उक्त माफी दिएकोप्रति नेपाल सरकार परराष्ट्र मन्त्रालयले कतार सरकारलाई धन्यवाद ज्ञापन गरेको छ।
कतारका विभिन्न जेलमा रहेका १३ जना नेपालीलाई आम माफी दिएकोमा एक विज्ञप्तिमार्फत परराष्ट्र मन्त्रालयले धन्यवाद दिएको हो।
उदारतापूर्वक अमिरी आममाफी दिइएकोमा नेपाल सरकारले कतार सरकारप्रति आभार प्रकट गरेको छ। यसले नेपाल र कतारबीचको सम्बन्धमा अझ गहिरो मित्रता र सौहार्दता बढ्ने विश्वास व्यक्त गरिएको छ।
हाल करिब ५ लाखको हाराहारीमा नेपालीहरु कतारमा छन्।
आममाफी कतार



