Logo
८ माघ २०८२, बिहीबार

प्रचण्ड दिल्ली प्रस्थान अघि ओलीसँग २५ मिनेट एक्लै बैठक, चुनावी रणनीतिमा चर्चा

अक्षरपाटी
२०८२ पुस २० , आईतबार ०१:०१ मा प्रकाशित

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आइतबार २५ मिनेटसम्म एक्लै भेटवार्ता भएको छ।

प्रचण्डका प्रेस संयोजक गोविन्द आचार्यका अनुसार, उनीहरूको भेटवार्ता च्यासलस्थित एक घरमा भएको हो। भेटमा समसामयिक राजनीतिक विषय र आगामी प्रतिनिधि सभा निर्वाचनमा मिलेर जाने रणनीति लगायतको कुराकानी भएको बताइएको छ।

ओली–प्रचण्डबीच भेटवार्ता शनिबार गर्ने योजना थियो। तर प्रचण्ड संखुवासभा भ्रमणमा रहेका कारण भेटवार्ता आइतबार सरेको थियो।

उक्त भेटवार्ताबारे विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन। प्रचण्ड आइतबार साँझ भारतको दिल्ली प्रस्थान गर्दैछन्।

केपी शर्मा ओली प्रचण्ड