Logo
२१ पुस २०८२, सोमबार

पार्टी फुटेफुट्छ, विशेष महाधिवेशन मज्जाले गर्ने हो : गगन थापा पक्षधर

अक्षरपाटी
२०८२ पुस २० , आईतबार ०९:०१ मा प्रकाशित

काठमाडौं। संस्थापन र संस्थापन इतर समूहबीच अहिलेकोजस्तै मतभेद भएपछि २०५९ सालमा कांग्रेस फुटेर नेपाली कांग्रेस (प्रजातान्त्रिक) गठन भएको थियो। जसको नेतृत्व अहिलेका संस्थापक सभापति शेरबहादुर देउवाले गरेका थिए।

समयको दुई दशकभन्दा केही लामो अन्तरालपछि कांग्रेस फेरि उही मोडमा उभिएको छ। संस्थापन पक्षधर नेता विमलेन्द्र निधि (जो १४ औँ महाधिवेशनमा देउवाका प्रतिस्पर्धी थिए), प्रकाशशरण महत, कृष्ण सिटौला, हिँजोका प्रतिस्पर्धी शेखर कोइरालालगायतको अडान र सल्लाहका कारण आज फेरि काँग्रेस ०५९ कै मोडमा उभिएको छ।

०५९ सालमा देउवाले भेलालाई विशेष महाधिवेशनमा परिवर्तन गरेर सभापति बनेका थिए। अहिले भने महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विसम परिस्थितिमा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित विशेष महाधिवेशन माग्दा पनि सँस्थापन पक्षधर केही नेताले यसलाई वेवास्ता गदै आएका छन्।

काँग्रेसको कार्यसम्पादन समितिले चुनावपछि नियमित महाधिवेशन गर्ने गरी कार्यतालिका पारित नै गरेको अवस्थामा विशेष महाधिवेशन पक्षधरले भने ‘जेसुके होस विशेष महाधिवेशन गरिछाड्ने’ अडान लिएका छन्। अडान मात्र होइन उनीहरुले भृकुटीमण्डपमा हल नै बुक गरिसकेका छन्।

जेनजी आन्देलनपछि ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले २९ असोजमा विशेष महाधिवेशनको माग गरेबमोजिम विशेष महाधिवेशन भएरै छाड्ने गगन थापा निकटका सहयोगीले बताए।

यो समाचार तयार पार्दा थापाको व्यक्तिगत नम्बरमा सम्पर्क नभएपछि उनीका सहयोगीले ‘पार्टी फुट्ने र जुट्न् कुराको सवाल होइन, विशेष महाधिवेशन हुन्छ हुन्छ’ अक्षरपाटीलाई प्रतिक्रिया दिए।

उता देउवाले बोलाएको संस्थापन पक्षका पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले विशेष महाधिवेशनको औचित्य समाप्त भएको निष्कर्ष निकालेकाबेला महामन्त्रीद्वयले जसरी पनि विशेष महाधिवेशन गरिछाड्ने अडान लिएका छन्।

सभापति देउवा निवास महाराजगंजमा आइतबार बसेको बैठकले पार्टीले नियमित महाधिवेशनको मिति तय समेत गरेको छ। मिति तयसँगै उनीहरुले विशेष महाधिवेशनको औचित्य समाप्त भएको नेता विमलेन्द्र निधिले बताएका छन्।

सँस्थापन पक्षले विशेषको औचित्य समाप्त भएको निस्कर्ष निकाल्नु र गगन पक्षले विशेषका लागि पूर्ण तयारी गर्नुले पार्टी विभाजनको सँघारमा पुगेको आँकलन एकथरीले गरेका छन्।

महामन्त्रीकै निकट सहयोगीले भने- ‘पार्टी फुट्ने नफुट्ने कुराको सवाल होइन, विशेष महाधिवेशन हुन्छ, हुन्छ।’

गगन थापा विशेष महाधिवेशन शेरबहादुर देउवा