Logo
२९ पुस २०८२, मंगलबार

कांग्रेसका पाँच प्रदेश सभापतिको अपिल : नियमित महाधिवेशनमै जुटौं

अक्षरपाटी
२०८२ पुस २१ , सोमबार ०५:०१ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसभित्र महाधिवेशनको विषयमा विवाद उत्पन्न भएपछि कांग्रेसका पाँच वटा प्रदेशका सभापतिले नियमित महाधिवेशनमै केन्द्रित हुन अपील गरेका छन्।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले अघि सारेको विशेष महाधिवेशनको औचित्य समाप्त भएको भन्दै नियमित महाधिवेशनमै केन्द्रित हुन उनीहरुको आग्रह छ।

सोमबार संयुक्त विज्ञप्ति जारी गर्दै कोशीका सभापति उद्धव थापा, मधेसका सभापति कृष्णप्रसाद यादव, बागमतीका इन्द्रबहादुर बानियाँ, कर्णालीका ललितजंग शाही र सुदूरपश्चिमका वीरबहादुर बलायरले नियमित महाधिवेशनमै केन्द्रित हुन अपील गरेका हुन्।

उनीहरूले कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमै संयुक्त विज्ञप्ति पेश गरेका हुन्। विज्ञप्तिमा गण्डकी र लुम्बिनी प्रदेशका सभापतिको हस्ताक्षर गरेका छैनन्।