Logo
२६ फागुन २०८२, मंगलबार

नीति र नेतृत्व परिवर्तन गर्न भन्दै विशेष महाधिवेशनमा आएँ : हृदयराम थानी

अक्षरपाटी
२०८२ पुस २९ , मंगलबार ०४:०१ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसका नेता हृदयराम थानी पनि पार्टीको दोस्रो विशेष महाधिवेशनमा सहभागी हुन आएका छन् ।

आइतबारदेखि जारी दोस्रो विशेष महाधिवेशनको तेस्रो दिन उनी सहभागी हुन भृकुटीमण्डप आएका हुन् ।

उनले नीति र नेतृत्व परिवर्तन गर्नका लागि आफू विशेष महाधिवेशन स्थल आएको बताए ।

सुर्खेत २ बाट प्रतिनिधि सभामा भारी मतले विजयी भएका नेता थानी कर्णाली प्रदेशमा प्रभावशाली नेता मानिन्छन् ।