



धनगढी । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियासँग मुख्यमन्त्री खगराज भट्टले छिट्टै बजेट शुन्यता अन्तय गर्दे बताएका छन्।
प्रदेश प्रमुखको निवासमा आज भएको भेटवार्ताका क्रममा मुख्यमन्त्री भट्टले प्रदेश सरकारको बजेट लेखनमा भइरहेको प्रगति तथा तयारीका विषयमा प्रदेश प्रमुख मियालाई जानकारी गराउँदै बजेट शुन्यताको अत्य गर्ने बताएका हुन्।
मुख्यमन्त्री भट्टले छिट्टै बजेट ल्याएर प्रदेशमा देखिएको बजेट शून्यता अन्त्य गर्ने तयारी भइरहेको जानकारी गराए। भेटका क्रममा प्रदेशको समग्र विकास, सेवा प्रवाह तथा समसामयिक अन्य विविध विषयमा समेत प्रदेश प्रमुख मिया र मुख्यमन्त्री भट्टबीच छलफल भएको थियो।
सुदूरपश्चिम प्रदेश

