Logo
२१ फागुन २०८२, बिहीबार

शान्तीश्रीको सुन मायालुमा गौरव र दीपाको रोमान्स

अक्षरपाटी
२०८२ माघ २ , शुक्रबार ०५:०१ मा प्रकाशित

काठमाडौं । संगीतकार नागेन्द्र श्रेष्ठको सुन मायालु बोलको गीतको भिडियो सार्वजनिक भएको छ।

शान्तीश्री परियार र गौरव गिरीको स्वर रहेको सुन मायालु लोक पप शैलीमा तयार गरिएको हो।

सुदूर पश्चिमेली भाषालाई संगीतकार नागेन्द्र श्रेष्ठले लोक पप शैली ढालेको सुन माया दर्शकले झट्ट सुन्दा र हेर्दा नै मन छुने किसिमले निर्माण गरिएको निर्देशक तथा गीतकार गौरव गिरी बताउँछन्।

भिडियोमा गायक गिरी स्यमकै अभिनय रहेको छ भने अभिनयमा गौरवलाई दीपा शाहीले साथ दिएकी छिन्। प्रेम रोमान्सले भरिएको भिडियो रिलिज भएको छोटो समयमा नै ठूलो संख्यामा टिकटक र रिल्स बनेका कारण गीतले चर्चा पाएको संगीतकार नागेन्द्र श्रेष्ठ बताउँछन्।

सुदुरपश्चिमको महेन्द्र नगरको लालझाडीमा २ दिन लगाएर छायांकन गरिएको सुन मायालुमा गौरवसँग सुन्दरी दीपा रोमान्टिक शैलीमा खुलेकी छिन्। भिडियो हेर्दा दर्शकले कहीँ कतै अडिनु पर्दैन।

आधुनिक गीतका लोकप्रिय संगीतकार श्रेष्ठले पहिलो पटक सुदूरपश्चिमेली भाषालाई लोक पप शैलीमा उतारे लगत्तै दर्शकबाट गज्जबको प्रतिक्रिया पाइरहेको निर्देशक गिरी बताउँछन्।

गीतमा एरेन्ज केशव बडुको रहेको छ मिक्सिगं तथा मास्टरिगं श्याम श्वेत रसाईलीको रहेको छ। अनिल के मानन्धरको डिओपी रहेको भिडियोमा जयन्द्र कुँवरको छायांकन रहेको छ।

निरज सापकोटाको सम्पादन रहेको भिडियोमा गौरव र दीपाका अलावा जीवन थापा, सुरेश भट्ट, बब्लु गौतम, मोनिका सिंह र बबिता तिरुवाको पनि अभिनय देख्न सकिन्छ।

भिडियोमा श्याम कुँवरको कलर रहेको छ। भिडियो संगीतकार नागेन्द्र श्रेष्ठको अफिसियल च्यानलबाट बजारमा आएको हो। संगीतकार श्रेष्ठले यसअघि आधा दुख घटाएर, तिमी सुस्तरी लगायतका दर्जनौँ गीत बजारमा ल्याइसकेका छन्।

http://<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/Ard3xlypqpQ?si=NNTJu9FRIjjkPof6″ title=”YouTube video player” frameborder=”0″ allow=”accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture; web-share” referrerpolicy=”strict-origin-when-cross-origin” allowfullscreen></iframe>

https://youtube.com/watch?v=Ard3xlypqpQ%3Fsi%3DNNTJu9FRIjjkPof6

ट्रेन्डिङ ( साप्ताहिक )