Logo
५ माघ २०८२, सोमबार

सुरक्षा संयन्त्रमा नयाँ व्यवस्थापन : नेपाल प्रहरीका ८ डीआईजीको सरुवा

अक्षरपाटी
२०८२ माघ ५ , सोमबार ०९:०१ मा प्रकाशित

काठमाडौं । नेपाल प्रहरीले आठ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) को सरुवा गरेको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार अरुण पौडेल, जयराज सापकोटा, दिनेश कुमार आचार्य र दीपक रेग्मीको सरुवा गरिएको हो। यस्तै, दिपेन्द्र घर्ती क्षेत्री, भुपेन्द्रबहादुर खत्री, माधव प्रसाद श्रेष्ठ र राजेन्द्र प्रसाद भट्ट पनि नयाँ जिम्मेवारीमा खटिएका छन्।

सरुवाअनुसार अरुण पौडेललाई प्रहरी प्रधान कार्यालयको कार्यविभाग अन्तर्गत कार्य निर्देशनालयमा पठाइएको छ। जयराज सापकोटालाई कर्णाली प्रदेश प्रहरी कार्यालयमा, दिनेश कुमार आचार्यलाई प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा र दीपक रेग्मीलाई अन्वेषण, योजना तथा विकास निर्देशनालयमा सरुवा गरिएको छ।

यसैगरी दिपेन्द्र घर्ती क्षेत्रीलाई गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा, भुपेन्द्रबहादुर खत्रीलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाजिम्पाटमा, माधव प्रसाद श्रेष्ठलाई कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतमा तथा राजेन्द्र प्रसाद भट्टलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरमा जिम्मेवारी तोकिएको छ।

प्रहरी संगठनको कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने उद्देश्यले यी सरुवाहरू गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

नेपाल प्रहरी

ट्रेन्डिङ ( साप्ताहिक )