Logo
१४ असार २०८३, आईतबार

कैलाली २ मा रास्वपाको उम्मेदवार चयन: बालेननिकट केपी खनाल मैदानमा

अक्षरपाटी
२०८२ माघ ५ , सोमबार ०२:०१ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सामाजिक अभियान्ता केपी खनाललाई कैलाली क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ।

बालेन शाह निकट मानिने खनालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि रास्वपाको टिकट पाएका हुन्। सरसफाइ र सामाजिक सचेतनाका क्षेत्रमा सक्रिय अभियान्ताका रूपमा परिचित खनालले लामो समयदेखि स्थानीय तहमा अभियान चलाउँदै आएका छन्।

बालेन शाह र रास्वपाबीच सहकार्य र एकता भएको चरणमा खनाल स्वयं साक्षी रहेका थिए। सामाजिक अभियानमार्फत स्थापित छविलाई आधार मानेर रास्वपाले उनलाई उम्मेदवार बनाएको पार्टी स्रोतले जनाएको छ।

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि दलहरूले उम्मेदवार छनोट प्रक्रिया तीव्र पारेका छन्। निर्वाचन कार्यतालिका अनुसार उम्मेदवार मनोनयन भोलि हुँदैछ।

केपी खनाल