Logo
२४ असार २०८३, बुधबार

युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा

अक्षरपाटी
२०८२ माघ ५ , सोमबार १०:०१ मा प्रकाशित

काठमाडौं । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले मन्त्री पदबाट राजीनामा दिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट आगामी निर्वाचनमा उम्मेदवारी दिने तयारीका कारण उनले पद त्याग गरेका हुन्।

मन्त्री गुप्ताले उम्मेदवारी दर्ता गर्नुअघि नै राजीनामा दिने निर्णय गरेका बताए।
‘मैले प्रधानमन्त्रीलाई राजीनामा दिने जानकारी गराइसकेको छु,’ उनले भने, ‘अब औपचारिक प्रक्रिया मिलाउन मात्रै बाँकी छ।’

उनका अनुसार अब उनी पूर्ण रूपमा चुनावी अभियानमा होमिनेछन्। गुप्ता जेन–जी पुस्ताको प्रतिनिधित्व गर्दै सुशीला कार्की नेतृत्वको सरकारमा सहभागी भएका थिए।

बब्लु गुप्ता