Logo
२८ भदौ २०८३, आईतबार

बाइकमा स्टन्ट गरेका रास्वपा सांसद बब्लु गुप्तालाई ५ सय रुपैयाँ जरिवाना

अक्षरपाटी
२०८३ साउन ८ , शुक्रबार ०१:०७ मा प्रकाशित

जनकपुरधाम । चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बब्लु गुप्तालाई ट्राफिक प्रहरीले ५ सय रुपैयाँ जरिवाना गरेको छ।

ट्राफिक प्रहरी कार्यालय, लहानले ट्राफिक नियम उल्लंघन गरेको अभियोगमा गुप्तालाई जरिवाना गरेको हो। जरिवाना रकम बुझाएपछि उनलाई रसिदसमेत प्रदान गरिएको प्रहरीले जनाएको छ।

गुप्ता सवार मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो केही दिनअघि सामाजिक सञ्जालमा भाइरल भएको थियो। भिडियो सार्वजनिक भएपछि उनको आलोचना भएको थियो।

भिडियो सार्वजनिक भएपछि सांसद गुप्ताले आफ्नो व्यवहारप्रति क्षमायाचना गर्दै कानुनबमोजिम हुने कारबाही स्वीकार गर्ने बताएका थिए।

प्रहरीका अनुसार ट्राफिक नियम उल्लंघन गरेको पुष्टि भएपछि प्रचलित कानुनअनुसार जरिवाना गरिएको हो।

जरिवाना बब्लु गुप्ता