Logo
५ माघ २०८२, सोमबार

नेपाली बजारमा सुनको नयाँ इतिहास, मूल्य २ लाख ८२ हजार पुग्यो

अक्षरपाटी
२०८२ माघ ५ , सोमबार १०:०१ मा प्रकाशित

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ। सोमबार सुनको भाउ प्रतितोला ४ हजार २ सय रुपैयाँले बढ्दै २ लाख ८२ हजार रुपैयाँ पुगेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला २ लाख ७७ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज उल्लेख्य वृद्धि हुँदै हालसम्मकै उच्च मूल्यमा पुगेको हो। यसअघि गत बुधबार सुनको मूल्य प्रतितोला २ लाख ७८ हजार रुपैयाँ पुगेको थियो, जुन रेकर्ड आज तोडिएको छ।

यससँगै चाँदीको भाउले पनि नयाँ उचाइ छोएको छ। अघिल्लो दिन प्रतितोला ५ हजार ६२५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार १८५ रुपैयाँले बढेर ५ हजार ८१० रुपैयाँ पुगेको महासंघले जनाएको छ। यसअघि चाँदीको अधिकतम मूल्य गत बुधबार प्रतितोला ६ हजार ६५५ रुपैयाँ पुगेको थियो।

सुनचाँदी

ट्रेन्डिङ ( साप्ताहिक )