Logo
५ माघ २०८२, सोमबार

रञ्जु दर्शनालाई काठमाडौं–१ बाट उम्मेदवार बनाउने तयारी, समानुपातिक सूचीबाट नाम फिर्ता

अक्षरपाटी
२०८२ माघ ५ , सोमबार १२:०१ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य रञ्जु दर्शनाको नाम समानुपातिक सूचीबाट हटेको छ। पार्टीले उनलाई काठमाडौं–१ बाट प्रत्यक्ष उम्मेदवार बनाउने तयारी गरेको छ।

रास्वपाका एक नेताका अनुसार, ‘समानुपातिक सूचीमा नाम रहे पनि उहाँ आफैले नाम फिर्ता लिनुभएको हो। पार्टीले उनलाई प्रत्यक्ष क्षेत्रबाट उम्मेदवार बनाउने योजना बनाएको छ, र उहाँ इच्छुक पनि हुनुहुन्छ।’

गत निर्वाचनमा काठमाडौं–१ बाट रास्वपाले पुकार बमलाई उम्मेदवार बनाएको थियो। तर यसपटक रञ्जु दर्शनालाई उम्मेदवार बनाए पनि पुकार बमले प्रतिस्पर्धा गर्ने सम्भावना कम छैन।

२०७९ को निर्वाचनमा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह यही क्षेत्रबाट विजयी भएका थिए।

रञ्जु दर्शना

ट्रेन्डिङ ( साप्ताहिक )