Logo
२४ साउन २०८३, आईतबार

शिक्षा मन्त्री पुन पनि सरकारबाट बाहिरिए

अक्षरपाटी
२०८२ माघ ६ , मंगलबार १०:०१ मा प्रकाशित

काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महाविर पुनले राजीनामा दिएका छन्।

पुनले राजीनामा दिएको विषय औपचारिक रुपमा बाहिर नआए पनि अर्थमन्त्री रामेश्वर खनालले यो सूचना सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन।

अर्थमन्त्री खनालले फेरबुकमा लेखेका छन्, ‘महावीर पुनले आफ्नो अभियानमा लाग्न राजीनामा दिनु भयो !’

मन्त्री पुनले जिम्मेवारी सम्हालेकै बेला आफू किताब बेचिरहेको तर टिपेर मन्त्री बनाइदिएको टिप्पणी गरेका थिए। त्यसयता पनि उनले मन्त्रालय आफ्ना लागि जेलजस्तो भएको बताएका थिए।

महाविर पुन शिक्षा मन्त्री