Logo
२४ फागुन २०८२, आईतबार

आज वशन्तपञ्चमी, विद्यालय र सरस्वती मन्दिरमा पूजाआराधना

अक्षरपाटी
२०८२ माघ ९ , शुक्रबार ०७:०१ मा प्रकाशित

काठमाडौं। विद्याकी देवी सरस्वतीको पूजाअर्चना गरेर आज श्रीपञ्चमी मनाइँदै छ।

प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको विधिपूर्वक पूजा आराधना गरी मनाउनले गरिन्छ।

न सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वासका साथ आज देशभरका सरस्वती मन्दिर र विद्यालयहरुमा पूजा आराधना गर्न श्रद्धालुको भीड लाग्छ।

विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन छ। आजदेखि अक्षरारम्भ गराएमा विद्या र वुद्धि राम्रो हुने विश्वास रहीआएको छ।

आजनको दिन बिहान हनुमानढोका दरबारस्थित नासलचोकमा राष्ट्रपतिबाट वसन्त श्रवण गर्ने कार्यक्रम तय भएको छ । वसन्त श्रवणमा उपराष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री लगायत गन्यमान्यहरू पनि सहभागी हुने चलन छ।

चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, हंशवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकारिन्छ।

सरस्वती पूजा