Logo
२६ फागुन २०८२, मंगलबार

एनआईसी एशिया बैंक र सूर्यज्योति लाइफ इन्स्योरेन्सबीच सम्झौता

अक्षरपाटी
२०८२ माघ ९ , शुक्रबार ०८:०१ मा प्रकाशित

काठमाडौं। एनआईसी एशिया बैंक र सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीबीच सम्झौता भएको छ।

सूर्यज्योति लाइफ इन्स्योरेन्सका बीमित र बीमा अभिकर्ताहरूलाई बैंकले लाइफ टाइम निःशुल्क क्रेडिट कार्ड सेवा प्रदान गर्ने सम्बन्धी रणनीतिक साझेदारी गर्ने समझदारी भएको हो।

काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच दुई संस्थाबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ। बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य र सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले हस्ताक्षर गरेका हुन्।

यसबाट सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीका बीमित तथा अभिकर्ताहरूले वार्षिक शुल्क बिना क्रेडिट कार्ड प्राप्त गर्ने छन्। उनीहरुलाई आकस्मिक वित्तीय आवश्यकता व्यवस्थापन गर्न र डिजिटल भुक्तानीका सुविधाहरू उपयोग गर्न थप सहज बनाउनेछ।

ग्राहकलाई परिष्कृत र सुलभ बैंकिङ्ग सेवा प्रदान गर्ने निरन्तरको प्रयास स्वरूप बैंकले सूर्यज्योति लाइफसँग गरेको यो सहकार्यबाट सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीमा आबद्ध बीमित र अभिकर्ताहरूलाई क्रेडिट कार्डको माध्यमबाट डिजिटल अर्थतन्त्रमा जोड्न थप लाभ पुग्ने बैंकका ब्राण्डिङ्ग एन्ड कर्पोरेट कम्युनिकेसन डिपार्टमेन्ट प्रमुख धिरेन्द्र प्रसाद वाग्लेले बताए।

एनआईसी एशिया बैंक सूर्यज्योति लाइफ इन्स्योरेन्स