Logo
२१ फागुन २०८२, बिहीबार

बालेनलाई बर्दियामा भव्य स्वागत

अक्षरपाटी
२०८२ माघ १२ , सोमबार ०५:०१ मा प्रकाशित

बर्दिया। राष्ट्रिय स्वतन्त्र पार्टीले भावी प्रधानमन्त्रीका रुपमा अघि सारेका रास्वपाका वरिष्ठ नेता बालेनलाई पश्चिम नेपालमा भव्य स्वागत गरिएको छ।

आज बाँकेको राजापुरस्थित विमानस्थल भएर बर्दियाका विभिन्न स्थानमा पुगेका उनलाई हरेक स्थानमा जनसागर उर्लिएर स्वागत गरेको छ।

पार्टीका सदस्य तथा शुभेच्छुकहरुले उनलाई बर्दियामा भब्य स्वागत गरेका हुन्। बालेन आज बर्दियाको बाँसगढी, मैनापोखर, गुलरिया, कुसुम्बाघाट, सानोश्री हुँदै राजापुर पुगेका थिए।

उनको स्वागतमा उर्लिएको जनसागरलाई व्यवस्थित गर्न सुरक्षाकर्मीलाई हम्मेहम्मे परेको थियो।

बालेन सरकार जिन्दाबाद, अबकी बार बालेन सरकारजस्ता नाराले उनको स्वागत गरिएको थियो।

बर्दिया बालेन

ट्रेन्डिङ ( साप्ताहिक )