Logo
२६ फागुन २०८२, मंगलबार

उपत्यका र तराई–मधेशमा हुस्सुको प्रभाव, उडान अवरुद्ध

अक्षरपाटी
२०८२ माघ १५ , बिहीबार ०९:०१ मा प्रकाशित

काठमाडौं । काठमाडौं उपत्यकासहित तराई–मधेशका अधिकांश जिल्लामा आज बिहान बाक्लो हुस्सु फैलिँदा जनजीवन र हवाई यातायात प्रभावित भएको छ ।

दृश्यता अत्यन्तै कम भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान तथा अवतरण अस्थायी रूपमा रोकिएको छ । भद्रपुर, जनकपुर, पोखरा, भैरहवा, नेपालगञ्ज र धनगढी विमानस्थलबाट तय भएका बिहानका उडानहरू ढिलाइ भएका छन् ।

जल तथा मौसम विज्ञान विभागका अनुसार हिजोको वर्षापछि वायुमण्डलमा बढेको आर्द्रता र चिसो तापक्रमका कारण जमिन नजिकै हुस्सु जमेको हो ।

मौसमविद्हरूले दिउँसोपछि मौसम खुल्दै जाने र बिहानको समयमा भने आज र भोलि समेत हुस्सु देखिन सक्ने अनुमान गरेका छन् । मौसम अध्येता डा. धर्मराज उप्रेतीका अनुसार यात्रामा निस्कँदा सावधानी अपनाउन आवश्यक छ ।