Logo
२६ फागुन २०८२, मंगलबार

स्वस्थानी व्रत तथा माधवनारायण मेला सम्पन्न

अक्षरपाटी
२०८२ माघ १८ , आईतबार ११:०२ मा प्रकाशित

भक्तपुर। पुस शुक्ल पूर्णिमादेखि सुरु भएको एक महिनासम्म चल्ने स्वस्थानी व्रत तथा माधवनारायण मेला आज सम्पन्न भएको छ।

माघ शुक्ल पूर्णिमाको पावन अवसरमा भक्तपुरको हनुमानघाटस्थित त्रिवेणीधाममा विधिपूर्वक पूजा–अर्चना तथा पवित्र स्नान गरेसँगै मेलाको औपचारिक समापन गरिएको हो। व्रतालु भक्तजनहरूले त्रिवेणीधाममा स्नान गरी माधवनारायणको पूजा सम्पन्न गरेपछि यस वर्षको व्रत र मेला अन्त्य भएको हो।

माधवनारायण व्रतलाई अत्यन्तै कठिन, अनुशासनपूर्ण तथा निष्ठापूर्ण धार्मिक व्रतका रूपमा लिइन्छ। व्रत सुरु हुनु अघिल्लो दिनदेखि नै निराहार बस्ने, प्रत्येक बिहान त्रिवेणीधाममा स्नान गरी शुद्ध जल र सामग्रीबाट पूजा गर्ने परम्परा रहेको छ। विशेषगरी भक्तपुरमा यस व्रतको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्व विशेष मानिन्छ।

व्रत अवधिभर व्रतालुहरूले शङ्खजल ग्रहण गर्दै मन्त्रोच्चारण गर्ने, त्यसपछि कसैलाई नछुने कडा नियम पालना गर्नुपर्ने हुन्छ। साथै, एक महिनासम्म खाली खुट्टा हिँड्ने (जुत्ता नलगाउने) जस्ता कठोर धार्मिक मान्यताहरूलाई पालना गर्दै भक्तजनहरूले आफ्नो मनोकामना पूरा हुने विश्वासका साथ व्रत सम्पन्न गरेका छन्।

स्वस्थानी व्रत