Logo
१८ माघ २०८२, आईतबार

सुनको मूल्य ३ दिनमै ३ लाखमा झर्‍यो

अक्षरपाटी
२०८२ माघ १८ , आईतबार १२:०२ मा प्रकाशित

काठमाडौं । माघ १५ गते ऐतिहासिक उच्च विन्दुमा पुगेको सुनको मूल्य तीन दिनमै भारी गिरावट आएको छ। माघ १५ गते तोलामा ३ लाख ३९ हजार ३०० रुपैयाँ पुगेको सुनको भाउ आज माघ १८ गतेसम्म आइपुग्दा ३९ हजार ३०० रुपैयाँ घटेर ३ लाखमा झरेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य एकै दिन तोलामा १८ हजार ८०० रुपैयाँले घट्दै ३ लाख कायम भएको छ। अघिल्लो कारोबार दिन शुक्रबार सुन तोलाको ३ लाख १८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको थियो।

माघ १५ गते अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य उकालो लागेपछि नेपाली बजारमा पनि हालसम्मकै उच्च रेकर्ड कायम भएको थियो। तर त्यसपछि लगातार ओरालो लाग्दै आएको सुनको मूल्य तीन दिनमै झण्डै ४० हजार रुपैयाँले घटेको हो।

यस्तै, चाँदीको मूल्यमा पनि तीव्र गिरावट देखिएको छ। महासंघका अनुसार आज चाँदीको भाउ तोलामा १ हजार ६५ रुपैयाँले घटेर ५ हजार ५०० रुपैयाँ कायम भएको छ।

सुनचाँदी