

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुन तथा चाँदीको मूल्य घटेको छ।
बिहीबार प्रतितोला २० हजार ५ सय रुपैयाँले बढ्दै हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको भाउ शुक्रबार उस्तै रकमले घटेको हो। बिहीबार सुन प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ मा कारोबार भएको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य घटेर प्रतितोला ३ लाख १८ हजार ८ सय रुपैयाँ कायम भएको छ।
यस्तै, चाँदीको मूल्य पनि घटेको छ। बिहीबार प्रतितोला ७ हजार ५ सय ५ रुपैयाँ मा कारोबार भएको चाँदी शुक्रबार ७ हजार ६५ रुपैयाँ मा झरेको छ। अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला ४ सय ४० रुपैयाँ ले घटेको हो।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ५ हजार २ सय ७ अमेरिकी डलर मा कारोबार भइरहेको छ।
सुनचाँदी



