



नेपालगन्ज । बाँके निर्वाचन क्षेत्र नम्बर ३ एमालेका उम्मेदवार सुमन मल्ल घरदैलो अभियानमा जुटेका छन्। उनी जहाँ जहाँ पुग्छन्, उनलाई अबिर-माला लगाएर आशीर्वाद दिनेको संख्या उत्तिकै बढी छ।
एमालेले बाँके क्षेत्र नम्बर ३ मा स्वच्छ छबिका युवा नेता सुमन मल्ललाई टिकट दिएसंगै उत्साहित बनेको बाँके एमालेका कार्यकर्ताहरु यतिबेला भेला र भेटघाटमा ब्यस्त बन्दै गएका छन्।
पछिल्ला दिनहरुमा बाँके क्षेत्र नम्बर ३ को खजुरा गाउँपालिका, जानकी गाउँपालिका तथा नेपालगन्ज उपमहानगरपालिकाको टोलमा पुग्दा स्थानीयले मल्ललाई स्वाग गर्दै माला अबिर सहित आशीर्वाद र शुभकामना दिन भिड लाग्ने गरेको छ।
बाँकेको खजुरा गाउँपालिकाका वडा नम्बर १ का स्थायी बासिन्दा समेत रहेका उम्मेदवार मल्लले एक कार्यकाल वडा अध्यक्ष बनेर जिल्लामा नमुना वडाको रुपमा आफ्नो वडालाई चिनाएका थिए।
नमुना वडाको बिकास मोडेल अब क्षेत्र नम्बर ३ ले पाउने भन्दै स्थानीयहरु हर्सित बनेका छन्। अन्य ठूला दलले सुमन मल्लको प्रतिस्पर्धामा आयातित उम्मेदवार दिएको हुँदा मल्ललाई सहज बनेको बताउँछन्।
निर्वाचन सुमन मल्ल



