Logo
११ भदौ २०८३, बिहीबार

भरतमोहनी छोरी रास्वपाको चुनावी अभियानमा

अक्षरपाटी
२०८२ माघ २३ , शुक्रबार ०७:०२ मा प्रकाशित

झापा। पूर्व अर्थमन्त्री तथा पुराना राजनीतिज्ञ भरतमोहन अधिकारीकी छोरी लिमा अधिकारी राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी अभियानमा जुटेकी छन्।

आसन्न फागुन २१ को प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उनी रास्वपाका लागि भोट माग्न सक्रिय देखिएकी हुन्।

रास्वपाले मोरङ ३ बाट रास्वपाका उम्मेदवार बनेका गणेश कार्कीलाई मत माग्न जनताको घरदैलोमा पुगेकी छन्।

निर्वाचन नजिकिँदै जाँदा उनी विभिन्न स्थानमा पुगेर मतदातासँग भेटघाट गर्दै रास्वपालाई भोटे माग्ने अभियानमा जुटेकी हुन्। मतदातामाझ पुगेर उनले रास्वपाको नीति, विचार र परिवर्तनको एजेन्डा प्रस्तुत गरिरहेकी छन्।

निर्वाचन रास्वपा लिमा अधिकारी