Logo
२४ फागुन २०८२, आईतबार

पाकिस्तानको एक मस्जिदमा भयानक बिस्फोट, ३१ जनाको मृत्यु, १६० घाइते (अपडेट)

अक्षरपाटी
२०८२ माघ २३ , शुक्रबार ०५:०२ मा प्रकाशित

एजेन्सी। पाकिस्तानको राजधानी इस्लामाबाद नजिकै एक मस्जिदको नजिकै भएको शक्तिशाली बम बिस्फोट हुँदा अहिलेसम्म कम्तिमा ३१ जनाको मृत्यु भएको छ।

नमाजको समयमा गरिएको आत्मघाती बिस्फोटमा परि कम्तिमा १६० जना घाइते भएको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन्। इस्लामाबादको तरलाई इलाकामा रहेको इमाम बारगाह खदीजन-उल-कुबरामा बिस्फोट भएको हो।

शिया मस्जिदमा भएको घटनालाई लिएर पाकिस्तानका राष्ट्रपति जरदारीले निन्दा गरेका छन्।

बिस्फोटका कारण भागदौड मच्चिएको थियो। घटनालगत्तै पुगेको सुरक्षाकर्मी र उद्धारकर्मीको टोलीले बचाव र राहतको कार्यमा जुटेकाे बताइएको छ।

स्थितिलाई हेरेर पुरा शहरमा आपतकाल घोषणा गरिएको छ। शहर सुरक्षाकर्मीको नियन्त्रमा रहेकाे बताइएकाे छ। यो बिस्फोट नमाज पढिरहेका बेला भएको बताइएको छ। -Photo-AFP

पाकिस्तान बम बिस्फोट