



काठमाडौं। नेपाली कांग्रेसले प्रतिनिधिसभाको निर्वाचनलक्षित ुफागुन २१ कालागि मेरो २१ दिने कार्यक्रम सुरु गर्ने भएको छ।
आइतबार बसेको कार्यसम्पादन समितिको भर्चुअल बैठकले निर्वाचनलाई लक्षित गर्दै यस्तो कार्यक्रम गर्ने निर्णय गरेको हो।
त्यसका लागि कांग्रेसले ‘नेपाली काँग्रेस निर्वाचन परिचालन निर्देशिका ०८२’ को बुँदा नं २१ मा यो विषय उल्लेख गरेको छ।
‘फागुन २१ कालागि मेरो २१ दिनु भन्ने प्रतिबद्धता साथ फागुन १ देखि २१ गतेसम्म ‘जसको पदिय जिम्मेवारी जहाँ : उसले खट्ने त्यहाँ’ नीति अन्तर्गत पार्टीका सबै साथीहरू चुनाव मैदानमा खट्नुहुनेछु’ निर्णयमा भनिएको छ।
यसरी खटिंदा केन्द्र, प्रदेश, जिल्ला र क्षेत्रले निश्चित जिम्मेवारीसाथ निश्चित ठाउँमा तोकेका प्रतिनिधि तत् तत् स्थानमा कार्य सकेर पुन आफ्नै जिल्ला/ क्षेत्र / पालिका र वडामा केन्द्रित रहन भनिएको छ।
तोकिएको जिम्मेवारी लिएर अन्यत्र गएका बाहेक अरु सबै तहका पार्टी पदाधिकारी र सदस्यहरु आआफ्नो क्षेत्र, पालिका र वडामा केन्द्रित रहन भनिएको छ।
यसैगरी एउटा वडाको कृयाशिल सदस्य अर्को वडामा नगएर ‘हाम्रो वडा हामी जिताउँछौ’ उद्घोषसाथ आ-आफ्नै वडामा खट्न कांग्रेसले भनेको छ।
निर्वाचन नेपाली कांग्रेस



