Logo
१ असार २०८३, सोमबार

कांग्रेस उपसभापति शर्मा निर्वाचन लक्षित जिल्ला कार्यक्रममा

अक्षरपाटी
२०८२ माघ २७ , मंगलबार १०:०२ मा प्रकाशित

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रतिनिधि सभा निर्वाचन केन्द्रित जिल्ला कार्यक्रम गरिरहेका छन्। उनले माघ २६ गते सोमबारदेखि थालेको पहिलो चरणको जिल्ला स्तरीय कार्यक्रम फागुन १ गतेसम्म हुनेछ।

पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार चितवनबाट शुरू भएको उनको पहिलो चरणको जिल्ला भ्रमण पाल्पा पुगेर टुङ्गिने छ।

सोमबार चितवनका दुई ओटा कार्यक्रममा सहभागी भएका उपसभापति शर्मा मंगलबार बाँकेमा जिल्ला स्तरीय र बर्दियामा क्षेत्रीय स्तरीय भेलामा सहभागी भए।

बुधबार माघ २८ गते कांग्रेसका उम्मेदवारहरूसहित दाङमा जिल्ला स्तरीय बृहत भेलामा सहभागी हुनेछन्।

त्यस्तै माघ २९ गते बिहीबार बिहान रुपन्देही जिल्ला स्तरीय बृहत भेला तथा दिउँसो लुम्बिनी प्रदेश निर्वाचन परिचालन समितिको बैठकमा निर्देशनात्मक सम्बोधन गर्नेछन् ।

फागुन १ गते शुक्रबार उपसभापति शर्माले पाल्पा जिल्ला स्तरीय बृहत भेलामा सम्बोधन गर्ने कार्यक्रम रहेको पार्टीले जनाएको छ।

निर्वाचन विश्वप्रकाश शर्मा

ट्रेन्डिङ ( साप्ताहिक )